हिमालयन रिइन्सुरेन्सको नाफा बढ्यो
काठमाडौं,२९ माघ । हिमालयन रिइन्सुरेन्सको खुद नाफा करिब दुई गुणाले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड २७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसैअवधिमा ३० करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको नाफा अहिले ९९।७३% ले बढेको हो । यस अवधिमा खुद बिमा शुल्क आम्दानी १५४.६५% ले बढेर १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँ पुगेपछि खुद नाफा बढेको हो । लगानी तथा कर्जा हुने आम्दानी पनि २६.४५५ ले बढेर ४७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
रिइन्स्योरेन्सको आइपीओ बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले हालै मात्र उक्त पुँजीमा ४% बोनस सेयर जारी गर्ने घोषणा गरेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.४३ रुपैयाँले बढेर १२.०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७।३० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्