काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्दै फुटपाथ व्यवसायीहरुले गरे प्रदर्शन

काठमाडौं,२८ माघ । फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रुपमा महानगरको कार्यालय घेराउ गरेका हुन् । सो क्रममा प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

यस्तै, प्रदर्शकारीहरुले महानगरले सहमति विपरीत फुटपाथ व्यवसायीमाथि ज्यादती गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्