सक्षम नारी नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न, अग्रजका अनुभव सबैलाई प्रेरणाको स्रोत: सभामुख पाठक

काठमाडौं । सक्षम नारी नेपालको दोस्रो वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । लक्षित समुदायलाई उपलब्ध श्रोतहरु परिचालन गरि जिविकोपार्जन गर्न सक्ने कार्यमा टेवा पु¥याउँदै आएको सामाजिक संस्था स्थापनाको दोश्रो वार्षिकोत्सवमा लामो समयदेखि निरन्तररुपमा कलाकारीत, खेलकुद, समाजिकसेवा गरि राष्ट्रका लागि अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान समेत गरिएको छ ।
शनिबार काठमाडौंमा बाग्मती प्रदेशका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, राष्ट्रिय किर्तिमानी धावक जीतबहादुर केसी, अभिनेत्री चैत्यदेवी सिंह, प्रध्यापक बेटी बज्राचार्य तथा समाजसेवीद्वय वीरबहादुर केसी, नानु नगरकोटीलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पाठकले महिला सशक्तीकरणका लागि संस्थाले छोटो समयमा गरेको कार्यप्रगतीको सराहना गर्दै समाजका विभिन्न क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नु भएका अग्रजलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सम्मानित व्यक्तिहरुको अनुभव तथा संघर्षका विषयले सबैलाई प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । सभामुख पाठकले उहाँहरूले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महिलाले नेतृत्व गरेका हरेक संस्थाहरु सक्षम र सुशासनमा अगाडि रहेको विश्वप्यापी तथ्यांकले देखाको बताए । अग्रजका अनुभवले सबैलाई प्रेरणा प्रदान गर्ने उनले बताए । उनले राष्ट्रिय किर्तिमानी धावक केसीको नाममा दोलखामा कभर्ड हल निर्माण गर्न लागिएको जानकारी दिए ।

सम्मानितका तर्फबाट पहिलो नायिका चन्दले प्रत्येक व्यक्तिले राष्ट्रको गौरव बढाउन क्रियाशिल हुनुपर्ने बताउँदै चलचित्र क्षेत्रको विकासमा आफू निस्वार्थ भावले लागिरहने बताए
बागमती प्रदेशसभा सदस्य आशा लामाले महिलालाई अधिकार सम्पन्न बनाउन उनीहरुलाई व्यावसायिक सीप विकासमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सक्षम नारी नेपालका अध्यक्ष गोमा बिंडारीले सामाजिक रुपान्तरणका लागि महिला वर्गको पहुँचमा आर्थिक अधिकार आवश्यक रहेको भन्दै त्यसका लागि उद्यमशिलताको खाँचो औँल्याए । उनले संस्थामा सबैको सहयोग र सद्भावले गर्दा छोटो समयमै धैरेलाई तालिम प्रदान गरि महिलाहरुलाई सक्षम र आत्म निर्भर बनाउन टेवा पुगेको बताए । तर नेपाल सरकारको भेन सहयोग निकै कम भएको उनको बुझाई छ । आगामि दिनमा पनि संस्थाले समाज परिर्वतमा अग्रनी भुमिका खेल्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव थापा, समाजसेवी केदार धमला, समाजसेवी भेष नारायण दाहाल, संस्थाका सल्लाहकार सुशिल कुमार भट्टराइलगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्