‘क्यान इन्फोटेक २०२४’ मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु

काठमाडौं, २५ माघ । ‘क्यान इन्फोटेक २०२४’ मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । मेलाको उद्घाटन सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले गरेका हुन ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास र नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले मेलाको आयोजनामा गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले सन १९९२ मा स्थापना भएको कम्प्युटर एशोसियन नेपाल विभिन्न संघर्षका चरणहरु पार गर्दै आज सबैको साझा संस्थाको रुपमा स्थापना भएको बताए । उनले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औँ संस्करणको क्यान इन्फोटेक मेलाले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रविधिसँग जोड्न सहयोग गर्ने बताए ।

यस्तै (क्यान)का महासचिव चिरञ्जीवि अधिकारीले प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसुलगायतका संस्थाले सहयोग गरेका बताए ।

उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि एकसय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए । यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा एडरेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन ।

क्यान इन्फोटेक उद्घाटन समारोहमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक गरिएको थियो । माघ २५ देखि २९ गतेसम्म चल्ने छ । मेलामा १५० भन्दा बढी स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्