नेशनल लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,२३ माघ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. २०७९/८०को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यस मध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश कर सहित रहेको छ ।

माघ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्