माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

काठमााडौं, २३ माघ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै छ । हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीकाको लागि हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका थिए । त्यसलाई छलफलकाृ विषय बनाइएको छ ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्