सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा ६२.९३ प्रतिशत वृद्धि

काठमाडौं,२२ माघ । सूर्यज्योति लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।
यसअवधिमा नाफा ६२।९३ पैतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो ।

त्यसैगरि कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा ९वार्षिक० पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्