सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं,२२ माघ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत करसहितका दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हिजो माघ २१ गते आइतवार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्