दोर्दी खोलाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं,२१ माघ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

यस हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीकोे चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनपछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्