एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २१ माघ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने भएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।

माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरण पश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले यस अघिनै बोनस शेयर दिने घोषणा गरि सकेकोछ ।

 

प्रतिक्रिया दिनुहोस्