सूर्योदय वोमी लघुवित्तको गत आ.व.को बोनस घोषणा

कठमाडौं, २१ माघ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्