‘क्यान इन्फोटेक २०२४’ माघ २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हुँदै

काठमाडौं, १८ माघ  । ‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुने भएको छ। आयोजकले बिहीवार पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास र नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसियन नेपाल महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औँ संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए। उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यसअन्तर्गत सर्वसाधारणका लागि एकसय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए। यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा एडरेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् । क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्