अरूण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ

काठमाडौं, १८ माघ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरूण चौधरीलाई पक्राउ गरेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले चौधरीलाई पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिइन्।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप चौधरीमाथि छ। चौधरीलाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्