फागुन १९ मा ‘भिगन महोत्सव’ हुने

काठमाडौं । पशु अधिकार कल्याण सम्बन्धी काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । संस्थाले आगामी फागुन १९ गते शनिबार बौद्धस्थित उत्पला क्याफेको प्राङ्गणमा उक्त महोत्सव हुने आयोजक संस्था ‘स्नेहाज केयर’ ले पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीको प्रदर्शनी गरिने र भिगन सामग्रीको बिक्री वितरणका लागि स्टल पनि राखिने जानकारी दिए । महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेल पनि हुने उनले बताए ।
वनस्पतिमा आधारित आहारको प्रचार÷प्रसारका साथै मानिसको जीवनलाई वनस्पतिमा आधारित खाद्यान्नको प्रयोगमा ल्याउनु नै महोत्सवको प्रमख उदेश्य भएको उनले बताए ।
नेपाल होमस्टेका प्रबन्ध निर्देशक विकेश श्रेष्ठले आफूले विगत २२ वर्षदेखि भिगन भएको र वृद्ध हँदै गएको शरीर अझै तन्दुरुस्त र फुर्तीलो बनाउन भिगन खाद्यको प्रयोगले टेवा पुगेको अनुभव बताए । भेज तथा भिगन खानाका लागि प्रख्यात रेष्टुराँ उत्पला क्याफेका म्यानेजर दीपक बोहराले उत्पला क्याफेमा ८० प्रतिशत खाना भिगन बन्ने जानकारी दिए ।

विगत ८ वर्षदेखि पशु अधिकार कल्याण क्षेत्रमा काम गर्दै आएको ‘स्नेहाज केयर’ ले विगतमा पनि ‘भिगन महोत्सव’ गर्दै आएको र यसलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको संस्थाका अध्यक्ष श्रेष्ठले औल्याए ।
बोल्न नसक्ने पशुको अधिकारलाई चेतना भएको मानिस जातीले संरक्षण गर्नु मानवता भएको बताउँदै उनले पशु अधिकारका लागि कानून निमार्णमा आफूहरुले जोडदिंदै आएका बताए । उनले राष्ट्रिय जनवार गाईको संरक्षणको लागि केहि कानून भएता पनि प्रयाप्त नभएको उनको जिकिर छ । सबै पशुको अधिकार समान भएको बताउँदै उनले कनूनले त्यसको निर्धारण गर्नु पर्ने कुरा औल्याए ।
वनस्पतीमा आधारित आहारको उपयोगले व्यक्तिको स्वास्थ्यका साथै पर्यावरणमा समेट टेवा पुग्ने उनको ठहर छ । स्नेहाज कियरले विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ । स्नेहाज केयरले पशुपन्छीको उपचार, उद्धार तथा पुनःस्थापना, कुकुरको सङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेबिजविरुद्धको खोप कार्यक्रमलगायत विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्