रिडी पावरले ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोक्यो

काठमाडौं,१५ माघ । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि यस कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएको छ ।

यहि माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।

प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो । यस हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्