तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो, जनजीवन कष्टकर

काठमाडौं, १५ माघ। तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही स्थानमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । यसले गर्दा वृद्ध। बालबालिका र दिर्घ रोगीहरुलाई कठिन भएको छ ।

पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेकका भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने कमहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना हुने जाएको छ । चिसोबाट बच्न र न्यानो कपडा लगाउन सबैमा सरकारले आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्