सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुरसहित थप दुई जनाविरुद्ध डिफ्युजन नोटिस

काठमाडौं, १४ माघ । पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर सहकारीको वर्तमान अध्यक्ष हुन् । ओखलढुङ्गाका भूपेन्द्र राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

जीबी राईसहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । पूर्व सदस्य शिवबहादुर गुरुङविरुद्ध डिफ्युजन जारी भएको छैन ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबीविरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्