एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

कठमाडौं,१४ माघ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनिहरु लाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्