प्रतिष्ठानका कुलपति राईको संयोजकत्वमा सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल गठन

काठमाडौँ,  माघ ११ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल गठन भएको छ ।
यस कार्यदलका सदस्यहरूमा पूर्व व्यवस्थापिका संसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा.अमर गिरी , पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, संस्कृतिविद्हरू
प्रा. डा. प्रेम खत्री,प्रा. डा. वीणा पौड्याल, डा. डिल्ली वली,डा. टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नविन सुब्बा र शिवराज रेग्मी सदस्य रहेको समितिले  सङ्घीय संस्कृति नीति”-२०८० तर्जुमा गरेको थियोे ।
यसैगरी “सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रतिष्ठानका प्रमुख संरक्षक तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी २०८० माघ १० गते उक्त मस्यौदा हस्तान्तरण गरेको थियो ।
उक्त समितिले प्रज्ञा-प्रतिष्ठानका संरक्षक माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी प्रतिवेदनको मस्यौदाको अन्तिम प्रारूप २०८० माघ ९ गते हस्तान्तरण गरेको थियोे

प्रतिक्रिया दिनुहोस्