राष्ट्रिय सभाका लागि गण्डकीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौं, ११ माघ। राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।

श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए । एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगतारअल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।

एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।

गण्डकीमा स्थानीय तह र प्रदेशमा जितेका प्रतिनिधिहरुको अंकगणितअनुसार सत्ता गठबन्धनको गठबन्धनको ३ हजार ८२७ मतभार थियो । तर, सबै गठबन्धनका उम्मेदवारले कम मत प्राप्त गरेको देखिएको छ । २ सांसद रहेका राप्रपाबाट २ उम्मेदवार थिए । उसको पक्षमा २ जनाकै मतभार १०६ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्