हिमालयन रिइन्स्योरेन्सले पायो विश्वप्रसिद्ध एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ

काठमाडौं,११ माघ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गरेको छ । केहि दिन अघि भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको थियो ।

कम्पनीले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङ प्राप्त गरको हो ।

एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिइएको छ, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको छ । हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । कम्पनीले राष्ट्रका लागि नै विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्