स्वतन्त्र उम्मेदवारहरुको मतदान अस्वीकार

काठमाडौ, ११ माघ । राष्ट्रियसभा सदस्यका लागि आज भएको चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान अस्वीकार गरेका छन् ।

राष्ट्रियसभा सदस्य चुनावमा मेयर हर्क साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् र भोट अस्वीकार गरे ।

यस्तै हैटौडामा सम्पन्न राष्ट्रियसभा चुनावको मतदानमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको थियो तर उनले पनि भोट अस्वीकार गरे ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर गोपी हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान गरेनन भोट अस्वीकार गरे ।

गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए । तर आज सम्पन्न राष्ट्रियसभा चुनावमा दलीय उम्मेद्वारहरु छन् ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ । यसले स्वतन्त्र उम्मेदवारहरु दलप्रति उदासिनता छन् भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्