कोशीमा फ्लोर क्रस, प्रदेशसभामा माओवादी भन्दा एमाले उम्मेदवारको भोट बढी आशंका

काठमाडौ, ११ माघ । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको आशंका  छ । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाएकी छन् ।

सत्ता गठबन्धनको समर्थन पाएकी माओवादी उम्मेदवार चम्पा कार्कीले ४४ मत पाएको निर्वाचन आयोग स्रोतले जनाएको छ । राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । तर एमाले उम्मेदवारले ४९ मत पाएकाले सत्ता गठबन्धनको ३ मत उनले पाएको खुलेको छ ।

प्रदेशसभामा सत्ता गठबन्धनको ४७ मत रहेकामा माओवादी केन्द्रकी उम्मेदवार कार्कीले ४४ मत मात्र पाएकी छन् ।

यद्यपि स्थानीय तहका प्रमुख र उपप्रमुखको मत भने गन्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्