सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं,११ माघ । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

हिजो माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । कम्पनीले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्