काठमाडौँ महानगर फुटपाथ व्यापारीद्वारा घेराउ

काठमाडौं, १० माघ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन् ।

त्यसका साथै उनीहरुले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्