हिन्दु संस्कृति पुनःस्थापना दिवसका अवसरमा दीपावली

काठमाडौँ, ८ माघ । हिन्दु संस्कृति पुनःस्थापना दिवसका अवसरमा नयाँ सडक तथा त्यस वरपर क्षेत्रमा आज साँझ दीपावली गरिएको छ।
विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रष्टद्वाराआज आयोजित कार्यक्रममा दिपावलीका साथै धार्मिक कार्यक्रम सम्पन्न गरिएको हो।

विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र गुप्ताले सन्तान वैदिक सभ्यतामा आधारित हिन्दु धर्म अहिले विभिन्न कारणले संकटको अवस्थामा रहेकाले यसलाई पुनः जागरण
गर्नुपर्ने बताउनुभयो। उहाँले सबै मानव समुदायको शान्ति तथा कल्याणको भावना राख्ने हिन्दु धर्मावलम्बीहरुको साहित्य र संस्कृतिको संरक्षण गर्न विभिन्न आध्यात्मिक गतिविधिका साथै देशभर अभियान संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

धर्मगुरु रुपेशले सबै जाति समुदायकाबीच आपसी मेलमिलापका कारणले मुलुकमा अहिलेसम्म धर्मको नाममा झैझगडा नभएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूको धर्म लोपोन्मुख हुँदै जानु सबैका लागि संवेदनशील विषय भएको विचार व्यक्त गर्नुभयो।

सो अवसरमा वसन्तपुर दरबार क्षेत्रमा पनि दीपावली तथा प्रसाद वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्