जनमत पार्टी मधेश सरकारबाट अलग

काठमाडौं, ९ माघ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाटअलग भएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको बताए । यसले मेधेशको राजनीतिमा तरंग आएको छ

प्रतिक्रिया दिनुहोस्