नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं,८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० कारोबारबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा प्राधिकरणसमक्ष पठाउने निर्णय बैठकले गरेको छ ।

नेपाल लाइफले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्