प्रधानमन्त्री दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश स्वदेश फिर्ता भएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री दाहाल आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री दाहाल माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायलहमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।

उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । यो कार्यक्रम अति नै महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालको दावी छ ।

प्रतिक्रिया दिनुहोस्