नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो सन्देशमूलक भिडियो
काठमाडौं,५ माघ । नेपाल राष्ट्र बैंकले समयमा कर्जा तिर्नु पर्ने भन्दै एक सन्देशमूलक भिडियो बनाएको छ । केन्द्रीय बैंकले ‘हल्लाको पछि नलागौं, समयमै कर्जा तिरौं’ नामको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरेको हो ।
भिडियोमा संस्थाहरुले अरु सर्वसाधारणले बचत गरेको पैसाले ऋण दिएको र ऋणीहरुको त्यो रकम चुक्ता गर्नु पर्ने नैतिक दायित्व हो भन्ने मुख्य संदेश दिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा तिर्नु पर्दैन भनेर विभिन्न समूहले ऋण लिनेहरुलाई उकास्न खोजेको घटनाहरु बाहिर आएका छन् । त्यसैले केन्द्रीय बैंकले कर्जा लिएकाहरुलाई लक्षित गरी यो भिडियो बनाएको हो ।
बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका ऋणीहरु लाई नतिर्नु दबाब दिने ठूलो समूह नै लागेको यस परिप्रेक्षयमा यो भिडियोले नैतिक दायित्य संझाएको छ । अलि ढिलो गरि आए पनि यसले समाजमा सहि सन्देश भने जाने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्