रैथाने बालीलाई बढी उत्पादन र प्राङ्गारिक मल बनाउन आवश्यक छ: मन्त्री डा. भुसाल

काठमाडौं, ४ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादन र प्राङ्गारिक मल बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुर कृषि विभागमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरुको संरक्षण पनि गर्नुपर्ने छ । साथै हाम्रा चुनौती उत्पादन वृद्धि गर्नुपर्नेछ ।’ उनले रासायनिक मलको प्रयोगले माटोको उर्वर शक्ति राह्रस हुँदै गएको यसलाई दुवै पक्षलाई एकैसाथ लैजान कृृषिमा प्राङ्गारिक मलको प्रयोगलाई ध्यान दिन जरुरी छ । हामीले रासायनिक मललाई कम प्रयाग गरि प्राङ्गारिक मल उत्पादनमो जोड दिनुपर्ने आजको आवश्यकता भएको बताए ।

उनले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले रैथाने बालीहरुको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताए ।

‘हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ की सक्दैनौँ ? यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ । रैथाने बालीलाई बढी उत्पादक बनाउन सकिन्छ की सकिँदैन । यिनीहरुलाई बढी उत्पादनशील बनाउन सकियो भने त हामीले अर्को बीउ खोज्न परेन । उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरुको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उनले भने ।

उनले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताए । उनले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताए ।

उनले भने, ‘हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बीउको प्रयोग गर्नैपर्छ । नत्र भने खाद्यान्नमा संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरुको संकटको पनि समाधान गर्नुपर्नेछ ।’

मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा रैथाने बाली संरक्षण गर्ने कृषक र सहकारीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्