मधेश प्रदेशले आज स्वभिमान दिवश मनाउँदै

काठमाडौं, ३ माघ । मधेश प्रदेशले आज स्वभिमान दिवश मनाउँदै छ । प्रदेशको नामकारण भएको अवसरमा मधेश प्रदेश सरकारले बुधबार मधेश प्रदेश स्वभिमान दिवश मनाउन लागेको हो ।
२०७८ साल माघ ३ गते तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको अवसरमा सरकारले स्वाभिमान दिवस मनाउन लागेको जनाएको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमानी दिवस मनाउने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहीले बताए।

उनका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण समेत सार्वजनिक लगायत विभिन्न कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्