राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकआज बुधबार बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको उपसभापति डिपी अर्यालले जानकारी दिए।
आज बस्ने बैठकमा केन्द्रीय विभागहरूले आ—आफ्ना रिपोर्ट पेश गर्ने कार्यसूची रहेको उपसभापति अर्यालले जानकारी दिए। ।
‘आजको बैठकमा आर्थिक, प्रशासनिक नियमावली अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ,’ अर्यालले भने, ‘आर्थिक, प्रशासनिक नियमावलीमा सदस्यहरूको राय लिएर पारित गर्छौं। यसका लागि सबैलाई तयारीकासाथ आउन भनेका छौं ।’
पार्टी सभापति रवि लामिछानेले पार्टीका २१ जना सांसद नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने योजना अघि सारेका छन्। उनले गत शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को कार्यक्रममा अलपत्र विकास आयोजनामा पैदल यात्रा गर्ने घोषणा गरेका थिए।
‘आज त्यसको पनि विस्तृत कार्ययोजना बनाउँछौं। कुन सांसद कहाँ खटिने? कुन अलपत्र आयोजनामा को जाने भनेर तय गर्नेछौं,’ अर्यालले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीमा ६५ सदस्यीय केन्द्रीय समिति छ। अजको बैठकलाई महत्वकासाथ हेरीएको छ ।






















प्रतिक्रिया दिनुहोस्