कोषका निलम्बित सदस्य सचिव थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं, २ माघ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रतिक्रिया दिनुहोस्