त्रिशूली नदीमा खसेको भनिएको भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला

काठमाडौं, २ माघ। त्रिशूली नदीमा खसेको भनिएको भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।

आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । गाडिको पहिचान हुन भनेबाँकी रहको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको शसस्त्र प्रहरी टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले मानिस भने फेला नपरेको बताए ।

गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जनाको टोली परिचालन गरिएको थियो । गाडीको थप अनुसन्धान भइरहेको प्रहरीलृे जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्