काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायको माघी रौनक फोटोफिचर

काठमाडौं, १ माघ। काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति (माघी) पर्व मनाइएको छ ।

आज माघे सङ्क्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली समेत गरिएको हो ।

मेलामा माघी पर्वमा पाक्ने परिकार र थारु पहिरनले झकिझकाउ बनाएको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरू राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारु समुदायमा प्रस्तुत गर्ने गरिन्छ । यसले गर्दा पर्वहरुको रौनकता छाएको छ । यो विशेष गरि थारु र मगर समुदाएको लागि खअझ बढि महत्व राख्ने पर्व हो । काठमाडौँको टुँडिखेलमा प्रधानमन्त्री पुसप कमल दानहाल समेत कार्यक्रममा सहभागि हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्