भारतीय शेयर बजार उछाल सेन्सेक्स पहिलोपटक ७३ हजार पार गर्यो

काठमाडौं,१ माघ । भारतीय शेयर बजारले सोमबार अहिलेसम्मकै उच्च विन्द ७३ हजार पार गरेर रेकर्ड बनाएको छ । कारोबारको क्रममा सेन्सेक्सले ७३ हजार २ सय ८८ को स्तर र निफ्टीले २२ हजार ८१ को स्तर छोयो ।

सोमबार आईटी क्षेत्रका कम्पनीको शेयरमा ठूलो वृद्धि भएको छ । विप्रोको शेयरमा ११ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । कम्पनीको शेयरमा यो वृद्धि त्रैमासिक नतिजापछि देखिएको हो । योसँगै टेक महिन्द्राको शेयर पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

गत शुक्रबार अर्थात जनवरी १२ मा पनि शेयर बजारले अहिलेसम्मकै उच्च विन्दु बनाएको थियो । कारोबारको क्रममा सेन्सेक्स ७२ हजार ७ सय २० र निफ्टी २१ हजार ९ सय २८ को स्तरमा पुग्यो। पछि यो अलिकति तल आयो र सेन्सेक्स ८४७ अंकले बढेर ७२,५६८ मा बन्द भयो । निफ्टी पनि २४७ अंकले बढेर २१ हजार ८९४ को स्तरमा बन्द भयो । आईटी र सार्वजनिक क्षेत्रका बैंकहरूको शेयर सबैभन्दा बढी किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्