प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभा सम्पन्न, १७% हकप्रद ल्याउने प्रस्ताव पारित
काठमाडौं,१ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव समेत पारित भएको छ ।
काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउनको लागि नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । पूँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्तापुँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८/0७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/0८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार संस्थापक समूहबाट ४ जना तथा सर्वसाधारण समूहबाट २ जना चयन भएका छन् ।






















प्रतिक्रिया दिनुहोस्