चित्रबहादुरको कुरा फेरियो, दुर्गाको पालामा यूटर्न !
काठमाडौँ, २९ पुस । तुलनात्मक रूपमा नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी ‘इमान र निष्ठा’को राजनीति गर्ने नेता भनेर चिनिन्छन् । तर तिनै केसी नेतृत्वको पार्टी पद प्राप्तिका लागि कतिसम्म मरिहत्ते गर्छ भन्ने कुरा सो पार्टीको पछिल्लो प्रस्तावले पुष्टि गरेको छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिने भएपछि त्यसअघि अर्थात् माघ ११ मा १९ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका उम्मेदवार गठबन्धनमार्फत निर्वाचित हुँदैछन् । राष्ट्रिय सभाको एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्दैछन् । राष्ट्रपतिले मनोनीत गर्ने उक्त एक पदमा भने राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेललाई गर्नुपर्ने भन्दै प्रस्ताव नै गरेको छ । पौडेल नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहकी पत्नी हुन् ।
दुर्गालाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न जनमोर्चाको प्रस्ताव
पौडेललाई उक्त पदमा प्रस्ताव गरिएको कुरा आइतबार अध्यक्ष केसीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । पौडेल प्युठानबाट गत निर्वाचनमा एमाले उम्मेदवार सूर्यबहादुर थापासँग पराजित भएकी हुन् । उनै पौडेललाई जनमोर्चाले राष्ट्रिय सभामा मनोनीत गर्नुपर्ने प्रस्ताव गठबन्धनसमक्ष अघि सारेको छ । अध्यक्ष केसी तिनै हुन् जसले यसअघि २०७७ साल असोजमा वामदेव गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुँदा चर्को विरोध गर्ने मध्येका एक थिए । त्यसबेला उनले गौतमसहित अन्य नेताहरूको समेत चर्को विरोध गरेका थिए ।
‘यस्ताका हातमा राज्यसत्ता छ । कमसेकम लाज त लाग्नुपर्छ । प्रजातन्त्रको कुरा । वार्डमा हारेका, गाउँपालिकामा हारेका, प्रदेशको चुनावमा हारेका हरुवाहरू राष्ट्रिय सभामा ल हेर्नुस् । अनि गफ गर्ने हामी सफल भयौँ, जनता खुसी छन् भनेर उतिबेला चर्को विरोध गर्ने चित्रहादुर आफै हारेकालाई राष्ट्रिय सभामा पठाउदै छन् । राजनीतिथमा अब कसको विश्वास गर्ने ? जसले सादगी जीवन, तुलनात्मक रुपमा अरु नेताभन्दा जनताको विश्वास मन र विश्वास जितेका चित्रबहादुर के.सी त यस्ता छन् भने अरु नेताहरुबाट के आशा गर्नु ।
प्रतिक्रिया दिनुहोस्