सर्वोच्च परिसरमा न्यायाधीश गिरीकी कै पत्नीद्वारा आत्मदाह प्रयास
काठमाडौँ, २९ पुस । सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमतीले आत्मदाहको प्रयास गरेकी छन्।
आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन्।
उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।
पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।
प्रतिक्रिया दिनुहोस्