भारतीय शेयर बजारले बनायो उच्च विन्दुको रेकर्ड

काठमाडौं,२९ पौष । भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो हालसम्मको उच्च विन्दुको रेकर्ड हो । साथै शुक्रबार भारतको शेयर बजारमा धेरै शेयर किनबेच पनि भएका छ ।

साताको अन्तिम कारोबार दिन, बीएसई सेन्सेक्स बेन्चमार्क पहिलो पटक ७२,७२०.९६ विन्दुमा पुगेको छ । त्यस्तै, निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८.२५ को विन्दुमा पुगेको छ ।

शुक्रबारको कारोबार सत्रमा आईटी र पीएसयू बैंकिङ क्षेत्रको शेयरमा राम्रो किनबेच देखिएको थियो । यी क्षेत्रहरू आज टप गेनर बनेका थिए ।

साताको अन्तिम कारोबार दिनमा बीएसईको ३० शेयरवाला सेन्सेक्स ८४७.२७ अंक वा १.१८ प्रतिशतले बढेर ७२,५६८.४५ विन्दुमा बन्द भएको छ। अर्कोतर्फ, एनएसईको ५० शेयरको निफ्टी सूचकांक २४७.३५ अंक वा १.१४५ प्रतिशतले बढेर २१,८९४.५५ विन्दुमा पुगेको छ।

शुक्रबार, डलरको तुलनामा रुपैयाँ ११ पैसाले बलियो भयो र डलरको तुलनामा ८२.९२ विन्दुमा बन्द भयो ।

 

त्यस्तै शेयर बजारको तथ्यांकअनुसार बिहीबार विदेशी संस्थागत लगानीकर्ताले ८६५ करोड भारतीय रुपैयाँको शेयर बिक्री गरेका छन् ।

बम्बई स्टक एक्सचेन्ज सेन्सेक्स बिहीबार  ६३.४७ अंक वा ०.०९ प्रतिशतले बढेर ७१,७२१.१८ विन्दुमा बन्द भएको थियो । त्यसैगरी, नेशनल स्टक एक्सचेन्जको निफ्टी पनि २८.५० अंक वा ०.१३ प्रतिशतले बढेर २१,६४७.२० अंकमा बन्द भएको थियो ।

एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्