सत्तारुढ दलको बैठक आज बिहान बस्दै
काठमाडौं, २९ पुस । गठबन्धनको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत पठिल्लो राजनितक घटनाक्रमलाई लिएर छलफल हुने छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेकोजानकार िदिए ।
गठबन्धन दलका नेताको सचिवालयका एक सदस्यले भने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलाएको बताए ।
कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ । राष्ट्रि सभाको निर्वाचन ११ माघमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्