कोशी प्रदेशको सभामुख लिएको विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको राजेन्द्र लिङदेनले स्वीकारे

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशको सभामुख लिएको विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको स्वीकारेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशीमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई थरी विचार उत्पन्न भएको बताए ।

उनले भने, ‘हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि छ । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नपरी पाउँछौं भन्ने पनि साथीहरुको तर्क छ । यो विषय हाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । कुनै पक्ष विपक्ष नलिइ बैठक बसेपछि उचित निर्णय गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्