रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं, २७ पुस । कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा रेशम चौधरी सर्वसम्मत भएका छन् ।

अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।

पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी थिए नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।

प्रतिक्रिया दिनुहोस्