प्रधानमन्त्रीको पुत्ला जलायो वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले

काठमाडौँ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जलाएको छ । बिहीबार सो पार्टीका कार्यकर्ताहरूले राजधानीको रत्नपार्क र इन्द्रचोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाएका हुन् ।

उनीहरुले महँगी, भ्रष्टाचार, गिरफ्तारी र राष्ट्रघाती सन्धि सम्झौताको विरोध गर्दै नाराबाजी समेत गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्