साल्ट ट्रेडिङ कर्पोरेसनले बढायो लाभांश, २० प्रतिशत वितरण गर्ने प्रस्ताव
काठमाडौं,२६ पौष । साल्ट ट्रेडिङ कर्पोरेसनको अघिल्लो बर्ष लाभांश बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/0७९ को तुलनामा गत आर्थिक वर्षको लाभांश बढेको हो ।
कम्पनीले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने भएको छ । सो लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (०.७९ प्रतिशतले हुन आउने २२ लाख कर प्रयोजनार्थ) वितरण गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिको बुधबारको बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/0७९ मा कम्पनीले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्