क्रिकेटर सन्दीपलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला 

काठमाडौं, पुष २५ । क्रिकेटर सन्दीपलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ ।

बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितलाई सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि बुधबार आदेश दिएको छ।

बलात्कार मुद्दामा सन्दीपलाई अदालतले पुस १३ गते दोषी ठहर गरेको थियो। बलात्कार आरोपमा उनी २०७९ असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

२०७९ भदौ ५ गते सन्दीपले किशोरीलाई बोलाएर होटलमा लगी करणी गरेको उजुरीमा उल्लेख थियो। जिल्ला अदाले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाइ गत पुस २९ गते छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्