प्रधानमन्त्री दाहाल कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागि हुँदै
काठमाडौं, २५ पुस। आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन् ।
आज बिहान एघार बजे बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे छलफल हुने छ । प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच भएका सम्झौताका विषयमा समितिलाई जानकारी गराउने छन् ।
यही पुस १९ गते आयोजित नेपाल(भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आएका थिए । सो भ्रमणको क्रममा काठमाडौंस्थित भारतीय दूतावासले एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्ने लगायतका विषयमा दुई देशबीच सम्झौता भएका थिए । यो सम्झौता गरेपछि सरकारको आलोचना भएको छ ।
यसअघि संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासले २० करोड रकम आफूखुसी खर्च गर्न नपाउने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्