आजको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खनालले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
रिक्त पदमा दूरसञ्चार प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय पनि भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
बैठकले राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी, व्यक्तिहरुमध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्नेनिर्णय पनि गरेको छ ।
यसैगरी नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेकाहरुको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट शहीदहरुको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्