‘बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक गोष्ठी सम्पन्न

काठमाडौं, २४ पुस । ‘बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर उक्त गोष्ठीको उद्घाटन गर्नुभएको थियोे ।यस क्रममा उहाँले नेपालभाषा र नेवार संस्कृति समृद्ध रहेको छ ।यसमा पनि नेवारजातिका बालिकाको बेलसँग हुने विवाहलाई ‘इही’ संस्कार भनिन्छ । यो छुट्टै खालको मौलिक संस्कार पनि हो । डा. बज्रमुनि बज्राचार्यले प्रस्तुत गर्नुभएको सो कार्यपत्र मौलिक र नवीनतम छ ।यसले अनुसन्धानको नयाँ पाटो खोलेको छ भन्ने धारणा राख्नुभएको थियोे ।

यसैगरी धन्यवाद ज्ञापनका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेवार संस्कृतिमा इही अर्थात् बेलविवाह विल्कुलै नेपाली मौलिक सम्पदा हो ।यस्ता सम्पदाको बारेमा प्रयुक्त हुने भाषाको अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको थियो । यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ षरिषद् सदस्य तथा भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले सभाध्यक्षको रूपमा स्वागत मनतव्य राख्दै “सबैभाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान” भन्ने उद्वेश्यअनुरूप बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’बारे गोष्ठी गरिएको हो ।

नेवारको यस टिपिकल संस्कृतिबारे अरू जातजातिसम्म पनि पुगोस् भन्ने हेतुले नेपाली भाषामा नै यो कार्यपत्र प्रस्तुत गरिएको हो ।यसले सबै भाषा,सबै धर्म र संस्कृतिलाई घच्घच्याउने छ ।अरू पनि इही जस्ता मौलिक संस्कृतिमा प्रयोग हुने भाषाबारे कार्यक्रम निरन्तर हुँदै जाने बताउनुभएको थियोे ।यस गोष्ठीमा डा. बज्रमुनि बज्राचार्यले ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

यस कार्यपत्रमाथिको टिप्पणी संस्कृतिविद् फणीन्द्ररत्न बज्राचार्यले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्